• कार्तिक १, पथरी ।
    लामो समयदेखि फुटवल क्षेत्रमा योगदान गर्दै आएको पथरी स्पोर्टिङ क्लवलाई सहयोग प्राप्त भएको छ ।
    पथरी शनिश्चरे ३ घर भै हाल इजरायलमा रहनु भएका सागर तुम्बापोले २५ हजार रुपैयाँ बराबरको जर्सी र तालिमका लागि आवश्यक सामाग्री प्रदान गर्नु भएको हो ।
    तुम्बापोको आर्थिक सहयोगमा पथरी स्पोर्टिङ क्लबका खेलाडीहरु र अफिसियललाई २२ थान जर्सी प्रदान गरिनुका साथै तालिमका लागी आवश्यक सामाग्री प्रदान गरिएको छ ।
    इजरायलमा रहेका सागरका साथै सोही राष्ट्रमा रहेका प्रकाश पाहिम र पथरी शनिश्चरे ६ का वडा अध्यक्ष जय बहादुर तामाङ्गले ३÷३ थान फुटबल प्रदान गर्नु भएको छ ।
    केही समय अघि तालिम र खेल खेल्न सामाग्री अभाव रहेको कुरा सामाजिक संजाल र सञ्चार माध्यममा आएपछी सहयोगी हातहरु अगाडि बढेको हो ।


    खेल सामाग्री अभावमा तालिमका साथै खेल खेल्न समस्या भैरहेको अवस्थामा खेल प्रेमी मनहरुले जर्सी सहितका खेल सामाग्री प्रदान गर्नु भएको हो ।
    सहयोगी हातहरुले उपलब्ध गराएको खेल सामाग्री सहयोगदाताहरुको परिवारका सदस्य, वडा अध्यक्ष तामाङ्ग, नगर उपप्रमुख यमुना बिष्ट लगायतले पथरीमा संचालन भैरहेको फुटबल प्रतियोगिता कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…