• माउन्ट एभरेष्टको अर्को उदाहरणीय काम: मिर्गौला पीडितलाइ ५१ हजार सहयोग

    काठमाडौं । सामाजिक काममा क्रियाशिल सस्था माउन्ट एभरेष्ट सेवा समाजले झापा कमल गाउ पालिका निवाशी मिर्गौला पीडितलाइ मनकुमार गोलेलाइ आर्थिक सहयोग गरेको छ । दुबै मिर्गौला फेल भएर आर्थिक अभावले जिवन मरणको सँघारमा रहेका गोलेलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।


    उपचार गर्ने खर्च पनि नभएको घर जग्गा पनि सकिसकेको अबस्थामा माउन्ट एभरेस्ट सेवा समाजको टिम सहयोग गर्न गोले समक्ष पुगेको थियो । सस्थाका शोभा रोक्का /दिपक दाहाल/प्रमिला भेटुवाल/सुसान प्रसाइ/ बिरेन्द्र घिमिरे/ सुजाता लाङ्घाली /गिता कटुवाल/बिना गुरुङ्ग/ कला सुब्बा/ कल्पना सुब्बा लगायतले उक्त रकम हस्तान्तरण गर्नुभएको छ । गोलेको धरान को बिपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।



    पिडित मनकुमार गोले कि श्रीमती ले सहयोग रकम पाएपछि भन्नुभयो, यो सहयोगले हामीलाइ धेरै टेवा मिलेको छ । उपचारका लागि माउन्ट एभरेस्ट सेवा समाज नेपाल लाइ धेरै धेरै धन्यबाद दिन चाहान्छौ ।
    त्यसै गरी सस्था कि उपाध्यक्ष श्रीमती शोभा रोक्का ले सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो आउँदै गरेको माहान चाड दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो।


    बिरामी को स्वास्थ्य लाभको कामना गर्नु भयो। माउन्टेन एभरेष्ट सेवा समाजले सामाजिकलाइ निरन्तरता दिइरहेको र यस्ता कार्यलाइ समितिमा छलफल गरेर अझ बिस्तार गरेर लैजाने सस्थाका प्रबक्ता योगेस दाहाल बताउनु हुन्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …