• कार्तिक २, पथरी ।
    एपीएफ झापालाई हराउदै लेटाङ सेमि फाइनलमा प्रबेस पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
    शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो ।
    खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि भएको टाइब्रेकरमा ५÷३ गोल अन्तरले लेटाङ विजय हुँदै प्रतियोगिताको सेमिफाइनल प्रवेस गरेको हो ।
    टाइब्रेकरमा लेटाङका खेलाडिहरु मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अंजित श्रेष्ठले गोल गरेका थिए ।
    भने, एपिएफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ र रोसेस श्रेष्ठले गोल गरेपनी रबिन खडकाले प्रहार गरेको गोल पोस्ट बाहिरिएपछी पराजय स्वीकार गर्नु परेको थियो ।
    खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए । शनिवारको खेल दमक फुटबल एकेडमी झापा र डाँगिहाट फुटबल क्लब बेलबारी मोरङवीच हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।
    यस अघिको खेलमा योसेक उर्लाबारी र पञ्चायन फुटबल क्लब सुनसरी प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरिसकेका छन् । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
    प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले बताए ।
    प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…