• द्वन्द्वकालीन मुद्दाको निरुपण अझै हुन सकेको छैन । अझै द्वन्द्वकालमा बेपत्ता पारिएकाहरुको त अत्तोपत्तो नै छैन । अन्नपूर्ण पोस्ट दैनिकले आज चार सय नागरिक वेपत्ता या मृतक के हुन् भन्ने यकिन नगरी वेपत्ता आयोगले मृत्यु भएको घोषणा गरेको समाचार लेखेको छ ।

    बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको हो ।

    पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको अन्नपूर्ण पोस्ट दैनिकको समाचारमा उल्लेख छ ।

    राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् ।

    हत्याको आशंकासहित बेपत्ताबाट गएका फाइलमा टीआरसीले पनि क्षेत्राधिकारको प्रश्न उब्जाउँदै छानबिन नगरे अकारण अलपत्र पर्ने सम्भावना छ । बेपत्ता व्यक्ति मृतक भएको पुष्टि भए तत्काल परम्पराअनुरूप परिवारजनले काजकिरियासमेत गर्नुपर्ने हुन्छ । तर, मृतक पुष्टि नभएसम्म जीवितको सम्भावना रहने हुँदा धार्मिक संस्कार गर्न मिल्दैन । आधिकारिक विज्ञ संलग्न टोलीले ‘एन्टिमार्टम’ वा ‘पोस्टमार्टम’ नगरी बेपत्ता व्यक्तिलाई मृतक ठहर गर्न पनि सकिँदैन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …