• बेलबारी । २ कार्तिक ।
    मोरङको बेलबारी १० भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकपको आइतबार उद्घाटन हुँदैछ । आयोजक डाँगीहाट फुटबल क्लबले संपुर्ण तयारी पुरा भएको जनाएको छ । बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा नेपाली काँग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार दिउसो २ बजे गोल्डकपको उद्घाटन गर्ने तय भएको क्लबका अध्यक्ष छत्र लिम्बुले बताएका छन ।

    उद्घाटन खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौ र काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन । राष्ट्रिय खेलाडीका साथै अफ्रिकन खेलाडीको सहभागिता रहेको चर्च ब्वाइजसँग राष्ट्रिय खेलाडि सम्मिलित काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिष्पर्धा गर्दैछ ।
    गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

    डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिमले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन ।
    प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । डाँगीहाट फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालिका बिशेष सहयोगिको रुपमा रहेको छ भने डाँगीहाटका विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका नेपालीहरुको पनि सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगिता संपन्न गर्न २४ लाख खर्च तथा ३३ लाख आम्दानी हुने अध्यक्ष लिम्बुले बताए । आयोजकले ५० हजार दर्शकले खेल हेर्ने अनुमान गरेको छ । २०६६ सालमा स्थापना भएको क्लबले विगतमा पनि दुईवटा गोल्डकपको आयोजना गरिसकेको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…