• गौरादह खेलकुद बिकास समिती द्वारा रोसन दाहाल सम्मानित

    अबिशेक खतिवडा "अबि"

    झापा जिल्ला साबिक लखनपुर -२ हाल कमल गाउँपालिका वडा नं -६ निवासी पिता घनश्याम र माता अम्बिका दाहालको कोखबाट बि•सं २०४१/०१/०१ गते जन्मनु भइ पदमोदय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७१,२९ औ राष्ट्रिय भलिबल प्रतियोगिता २०७१,पुर्वान्चल् क्षेत्र स्तरीय अन्तर जिल्ला रेजिना रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता मा खेलाडी को रुपमा खेल खेलेर,र लामो समय देखि जिल्ला भलिबल संघको सदस्य , प्रादेशिक रेफ्री, प्रदेश भलिबल संघको सदस्य जस्तो गरिमामय पद को नेतृत्व गर्दौ तथा झापा जिल्ला तथा कमल गाउँपालिका मा सदैव भलिबल खेल क्षेत्रमा उच्च योगदान पुराउदै आउनु भएको छ ।



    झापा जिल्लाको गौरादह नगरपालिका जनता माध्यमिक बिधालयको प्रङ्गणमा असोज २८ गते बाट संचालन भएको झापा जिल्ला अन्तरपालिका स्तरिय मेयर कप पुरुष भलिवल प्रतियोगिता मा प्रदेश नं १ तथा झापा जिल्ला मा भलिबल खेलको बिकास मा सदैव अग्रसर रहनु हुने झापा जिल्ला भलिबल संघ ,सदस्य , प्रदेश नं १ प्रादेशिक रेफ्री तथा प्रदेश भलिबल संघको सदस्य कमल गाउँपालिका-६ निवासी रोसन दाहाल सम्मानित हुनु भएको छ ।
    उहाँ सगै यस कार्यक्रमको अवसरमा पूर्व राष्ट्रिय खेलाडि गौरादह नगरपालिका३ का दिलबहादुर अधिकारी खत्री, १ नं प्रदेश रेफ्री राजु पाठक ,झापा जिल्ला खेलकुद बिकास समिती भलिबलको स-प्रशिसक हेमा थापा,झापा जिल्ला तथा १ नम्बर प्रदेश मा भलिबल खेल क्षेत्रमा पुर्याएको योगदानको उच्चसम्मान गर्दै उहाँहरु लाई सम्मान पत्र सहित सम्मान गरेको छ ।

    दाहाल निकै लामो समय देखि भलिबल मा झापा जिल्लामा नै निकै लगनशील जुझारु भएर भलिबल खेल बिकास संरक्षण तथा सुधार मा लाग्नु भएको कुरा पनि झापा जिल्ला भलिबल संघ व्यक्त गर्द छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…