बिबिसि हाङखीम राई
ईलाम कात्तिक ४
इलामको माइमझुवामा अचम्मको ढुङ्गा फेला परेको छ । साबिक माइमझुवा वडानम्बर ६ को ढाडबारी (स्थानीय नामले परिचित० खोलाबजारको नजिकै रहेकोे रातेखोला छेउमा ढुङ्गा रहको छ ।
किनारमा रहेको ढुङ्गा लामो आकारको र त्यस माथि अडिएको ढुङ्गा सोलि आकारको रहेको छ । समुन्द्री सतहबाट करिब ५० फिट अग्लो रहेको उक्त ढुङ्गालाई कसैले बौद्ध ढुङ्गा,डायमण्ड ढुङ्गा र बुढापाकापाकिहरुले बाटा जस्तै देखिने भएकाले बाटा ढुङ्गा भन्ने गरेको स्थानीय लोकिमाया गुरुङले बताइन् । २५ सालमा ठुलो बाढी आएको र त्यस बाढिले ढुङ्गालाइ बगाइ ल्याएर राखेको समाजसेवी तथा बुद्धिजीवी घनश्याम गुरुङ्ले बताए।
त्यस ढुङ्गालाई ४५ सालको भुकम्प त्यसपछिको पटकपटकको भुकम्प र त्यसपछिको पराकम्पहरुले केही असर गर्न नसकेको देख्दा स्थानीय र त्यस ढुङ्गालाई अवलोकन गर्न आउने पर्यटकहरु अचम्मित हुन्छन् । यसढुङ्गाको समयमै भौतिक ब्यबस्थापन र उचित प्रचारप्रसार गरेर बिश्वमा चिनाउनसके अनुसन्धानको बिषय नबन्ला भन्न सकिन्न । त्यसैले सम्बन्धित निकायको त्यसतर्फ बेलैमा ध्यान जान जरुरी देखिन्छ