• ६ कात्तिक, काठमाडौं । आगामी तीनदिन सामान्य वर्षा हुनेसक्ने सम्भावना छ । अरब सागरको पूर्वी–मध्य भागमा विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालको मौसममा परिवर्तन आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार अरब सागरको साथमा पश्चिमी वायुको प्रभावले पनि यस्तो भएको हो ।

    बुधबार दिउँसो देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेको छ ।

    यस्तै बिहीबार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भु(भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना छ। राति देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेको छ ।

    त्यसैगरी शुक्रबार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेको छ । राति देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेको छ ।पहाडि भू–भागमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …