• ललितपुर । स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले बुधबार नष्ट गरेको छ ।

    ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

    उनका अनुसार २०० भन्दा बढी प्रहरी परिचालन गरेर गाँजाखेती फाँडी जलाएर नष्ट गरिएको हो । गाउँमा पुग्दा पुरुषहरु कोही पनि नभेटिएको जानकारी दिँदै उनले सो क्षेत्रमा व्यावसायिक रुपमा गाँजाखेती गरेको पाइएको बताए ।

    महिलाले भने बाँदेलले मकै खाने गरेकाले विकल्पको रुपमा गाँजाखेती गरेको प्रतिक्रिया दिएका बताइएको छ । कानूनले गाँजाखेतीलाई अवैध मानेको छ । मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ ।

    प्रहरीले हरेक वर्ष गाँजाखेती फँडानी गर्ने गरिएको भए पनि खेती लगाउने क्रम भने रोकिएको छैन । उनीहरुलाई विकल्प दिनुपर्ने आवज वर्षेनी उठ्दै आएको पनि छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…