• काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन । जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ । यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छ –

    १. टमाटर सस
    नेपालमा टमाटर ससको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । भारतमा लोकप्रिय रहेको यो खाना फ्रान्समा प्रतिबन्धित छ । फ्रान्सको सरकारले सन् २०११ मा आफ्नो सबै प्राथमिक विद्यालयहरुमा टमाटरको ससमा प्रतिबन्ध लगाइएको छ । फ्रान्सले आफ्नो मुलुकको परम्परागत खानाहरुको स्वाद कायम राख्न यसलाई हटाउने निर्णय गरेको हो ।

    २. चुइगम
    चुइगम पनि नेपालमा उल्लेख्य मात्रामा बिक्री हुने गरेको छ । धेरै मानिसहरुले चुइगम खाने गरेको देख्न पाइन्छ । यद्यपि सिँगापुरमा चुइगममा प्रतिबन्ध लगाइएको छ । यदि चुइगम चपाइरहेको अवस्थामा प्रहरीले फेला पार्‍यो भने ठुलो जरिवानाको भागीदार हुनुपर्छ ।

    ३. समोसा
    समोसा पनि धेरैको मनपर्ने परिकार हो । यो परिकार सोमालियामा प्रतिबन्धित छ । समोसाको आकार ईशाइ धर्मको चिन्हलाई बुझाउने किसिमको रहेको भन्दै आपत्ति प्रकट भएसँगै सोमालियाले समोसामा प्रतिबन्ध लगाएको हो । सोमालियमा सन् २०११ देखि समोसामा प्रतिबन्ध लगाइएको छ ।

    ४. खुला दूध
    नेपालमा खुला दूधको व्यापार हुनु सामान्य कुरा हो । अझ केही मानिसहरु प्याकेटको दूध भन्दा पनि खुला दूधमा बढी जोड दिन्छन् । अमेरिकामा भने खुला दूध बिक्री गर्न पाइँदैन । अमेरिकाले खुला सामग्रीहरुको बिक्रीमा रोक लगाएको छ, जसको सूचीमा दूध पनि छ । अमेरिकामा खुला बदम बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

    ५. शाकाहारी खाना
    नेपालमा धेरैजसो शाकाहारी खाना नै खाने गरिन्छ । केही मानिसहरु अहिंसावादी भएको कारण पनि मासु खाँदैनन् । फ्रान्सको क्यानटिनमा भने शाकाहारी खाना प्रतिबन्धित छ । बालबालिकाहरुका लागि मांसहारी खाना पोषक तत्वको हिसाबमा पनि महत्वपूर्ण रहेकोले शाकाहारी खानामा प्रतिबन्ध लगाइएको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…