सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका* एकल पुरुषले पनि मासिक ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू* हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।
महिला र पुरुष समान भनिँदै आएका* सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त *ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख बजेट* पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष *भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन* विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा* ग्याल्जेन शेर्पाले बताएका छन्