काठमाडौँ । काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किएको छ बरण्ड भत्कदा विद्यालयका ४२ विद्यार्थी घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डा भातिएको हो । बरण्डामा खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् ।
घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दियो । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।