• पथरी ६ कात्तिक
    मोरङको पथरीमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले हाता पारेको छ ।
    बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी जितेको हो ।
    खेलको दोस्रो हापको ३० औ मिनेटमा डाँगिहाटबाट खेलाडी बिक्रम तामाङले निर्णयक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लब मोरङको खेलाडी अभिषेक लिम्बु घोषित भए ।
    हाई स्कोरर खेल अबधी भर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू भए ।
    उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उदियमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित भए ।
    त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई भए ।
    प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
    खेलमा जम्मा आठ वटा टिम सहभागी भएका थिए ।
    प्रतियोगिताको समापन कार्यक्रममा प्रदेशको सामाजिक विकासमन्त्री जीवन घिमिरे, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, नगरको खेलकुद विकास समितिको अध्यक्ष मनि लिम्बू लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…