• काठमाडौं, ६ कात्तिक । धेरैले पूर्वयुवराज पारसलाई बिग्र्रिएको मानिस ठान्छन् । तर, सोनिका यो कुरामा विश्वास गर्दिनन् । उनको भनाई छ–म जस्तो बिग्रिएको मान्छेलाई पारस सरकारले सुधार्नु भयो ।

    पारस र सोनिका सम्बन्धले अहिले बजार तताएको छ । समय समयमा विभिन्न कारणले चर्चामा आइरहने पूर्वयुवराज पारस केही समयअघि वसन्तपुरमा बोल्नै गाह्रो हुने अवस्थामा देखिएको चर्चा सेलाउन नपाउँदै सोनिकासँगको निकटताले ठाउँ लिएको छ ।

    युटुबर सोनिकाले पारससँगका टिकटक भिडियोहरु सार्वजनिक रुपमा अपलोड गरेपछि यी दुईको सम्बन्ध चर्चाको शिखरमा पुगेको हो । पारस–सानिका सम्बन्धलाई लिएर पारसले नै सुधार्नुपर्ने भनेपछि एक–अर्कामा मिलेकै जोडी रहेछ भनी टिप्पणी गर्ने गरिएको छ ।

    यद्यपि विवाहित भएका कारणले मात्र नभई राजाका छोरा र पूर्वयुवराजसमेत भएका कारण पारसको यो सम्बन्धलाई आम सम्बन्धभन्दा फरक तरिकाले हेरिएको छ ।

    प्राप्त जानकारीअनुसार पूर्वयुवराज दीपेन्द्रका साथी नवीन श्रेष्ठमार्फत पारस र सोनिकाको भेटघाट भएको थियो । पारसले दीपेन्द्रलाई अति आदर गर्ने भएका कारण दीपेन्द्रका साथीहरुलाई पनि उनले त्यतिकै आदर गर्ने गर्दछ ।

    अचेल पारस आफू रक्सी खाँदैनन् र कुनै पनि प्रकारको मादक पदार्थ सेवन गर्ने मानिससँग टाढा बस्न खोज्छन् । पारसको बारेमा बाहिर हल्ला सुन्ने र बेलाबेलामा वसन्तपुर मार्काका दृश्य हेर्नेहरुका लागि उनले मादक पदार्थ सेवन गर्दैनन् भन्दा विश्वास गर्न गाह्रो पर्छ ।

    पूर्वयुवराजका निकटवर्तीहरुका अनुसार गाँजा चरेस सेवन गरे पनि उनले मदिरा भने सेवन गर्दैनन् । मादक पदार्थ सेवनकर्ता नै भए पनि दीपेन्द्रका साथीहरुलाई भने उनले केही भन्न सक्दैनन् ।

    विगतमा दीपेन्द्र उनका कमजोरी थिए, अहिले दीपेन्द्रका केही साथीहरु उनका कमजोरीका रुपमा देखिएका छन् । यसैमध्येका एक नवीन श्रेष्ठमार्फत पारस र सोनिकाको भेट भएको थियो ।

    विवाह असफल भएका नवीनले डिस्को जाने, खानपिनमा रमाउने क्रममा सोनिकालाई भेटेको र पारसलाई त्यस्तै मनोरञ्जनात्मक कार्यमा लिएर जाँदाजाँदै पारस–सानिकाको निकटता बढेको पारस समूहका व्यक्तिहरुको भनाइ छ ।

    शुरुमा पारस–सानिकाको सम्बन्धलाई पारसका साथीहरुले सामान्य रुपमा लिएको भए तापनि उनीहरु धमाधम भिडियोहरु आउन थालेपछि भने गम्भीर भएको बताइन्छ ।

    घरपरिवारबाट पारसलाई साथ सहयोग नभएको परिपेक्षमा अरु कसैसँग सम्बन्ध बढ्नुलाई असामान्य नमानिए पनि सोनिकासँग सम्बन्ध बढाउनुलाई भने सामान्य रुपमा नलिइएको बताइन्छ ।

    सोनिका यसअघि समलिंगी सम्बन्धमा रहेकाले बाइसेक्सुवलहरुको सम्बन्ध महिला–पुरुष जोसँग पनि हुन सक्ने र यस्ता सम्बन्धले जोखिम बढाउने भनी निकटवर्तीहरु झस्किएका हुन् ।

    यता सोनिकाले भने पारसलाई भेटेपछि आफू खुशी भएको अनतर्वार्ताहरुमा बताएकी छिन् । प्राप्त जानकारीअनुसार अरुले हेर्दा पारसको पृष्ठभूमिलाई सोनकाले महत्व दिएकोझैं देखिए पनि रेस्टुरेन्टमा खाएको बिलहरु सोनिका आफैंले तिर्ने गरेकी छिन ।

    उनले पारसलाई खर्च गर्न नलगाउने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बझाङमा जन्मिएर त्यही हुर्किएकी सोनिका आफैं व्यवसायी हुन् । अहिले व्यापक चर्चा भएपछि पारस–सानिकाका भिडियोहरु डिलिट गरिएका छन् ।

    आफ्नो फेसबुकमा सोनिकाले सेयर गरेका टिकटक भिडियोहरु पारसको आग्रहले हटाएको बताइएको छ । पारसका साथी तथा निकटवर्तीहरुले आपत्ति जनाएपछि पारसले सोनिकालाई ती सामग्री हटाउन लगाएका थिए, घटना र विचारमा उल्लेख छ ।

    त्यस्ता भिडियोहरुले बच्चाहरुको मानसिकतामा के असर पर्छ सोचिबक्सेको छ ? भनी एक निकटवर्तील प्रश्न गरेपछि पारसले फोटोहरु निकाल्न लगाएको बुझिएको छ ।

    बहिनीहरु (धीरेन्द्रका छोरीहरु) सँग सानाकोठीमा बस्दै आएका पारस अहिले आफ्नै फ्ल्याटमा चण्डोलमा बस्दै आएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…