तेह्रथुम । जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्यसहितको टोलीले खाडी मुलुक युएईको एक साता लामो भ्रमण गरेको छ । टोलीले भ्रमणका क्रममा त्यहाँको विकासको मोडल, विकासका नमुनाहरु र नेपालको परिवेशसँग तुलना गरेर अध्ययन अवलोकन भ्रमण गरेको हो । छोटो समयमा आर्थिक, भौतिक, औधोगिक, पुर्वाधार लगायतका क्षेत्रमा विकास गरेको युएइको भ्रमण फलदायी बनेको टोलीमा रहेका छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले बताए ।
टोलीमा छथर गाउँपालिकाका अध्यक्ष लिम्बु सहित जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, प्रदेश सांषद लक्ष्मण तिवारी, नेकपाका नेताहरु भुपतिलाल श्रेष्ठ, अनुभुतीबम नेपाली, गजेन्द्र कन्दङवा, नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका उपाध्यक्ष भगिश्वर लिम्बु लगायत थिए ।
हेर्नुहोस् तस्विरहरु :