• दमक | पत्रकार मञ्चको नयाँ नेतृत्व चयन प्रकृया सुरू नभएको भन्दै तीन वटा पत्रकारजन्य संघसंगठनहरुले आपत्ति जनाएका छन् । गठित निर्वाचन समितिले सोमबार विहान ८ वजेदेखि १० वजेसम्म उम्मेदवार मनोनयनसहित निर्वाचन प्रकृया सुरू नभएपछि नेपाल प्रेस यूनियन, संघीय प्रेस फोरम र संघीय पत्रकार यूनियनले आपत्ति जनाउँदै निर्वाचनका कार्यक्रम बहिस्कार गरेका हुन् ।

    प्रेस चौतारी र प्रेस सेन्टरको प्रलोभनमा परी निर्वाचन समितिले जवरजस्ती निर्वाचन सारिएको भन्दै तीन वटा संगठनहरुले निर्वाचन बहिष्कार गरेका हुन् । बहिष्कारमा उत्रिएका संगठनहरुले संयुक्त रुपमा आफना माग राख्दै निर्वाचन समितिका संयोजक गञ्जबहादुर दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् । प्रेस चौतारी र सेन्टरले काठमाडौंमा रहेका आफ्ना सदस्य सोमबार हुने निर्वाचनमा सहभागी हुन नसक्ने भएपछि निर्वाचन सार्न समितिलाई लिखित रूपमा दबाव दिएका थिए।

    प्रेस यूनियनका माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष तथा पत्रकार मञ्च दमकका अध्यक्षका उम्मेदवार समेत रहनुभएका विष्णु सुब्बाले निर्वाचन समितिले कुनै संगठनको प्रभावमा परेर जारी निर्वाचन कार्यक्रम अवरुद्ध गरिनु आपत्तिजनक भएको बताए । उनले निर्वाचन समितिको वैधानिकता समाप्त भएकाले त्यसले गर्ने निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रममा आफनो संगठनको सहभागी नहुने बताए । उनले कसैको प्रभावमा परेर निर्वाचन समितिले कारणसमेत नखुलाई निर्वाचन सारेर लज्जास्पद कार्य गरेको बताए ।

    यसैबीच, निर्वाचन समितिले भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचनको सबै कार्यक्रम स्थगित गरेको जनाएको छ । सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गर्दै संगठनहरुबीच सहमति नजुटेकाले अर्को सूचना नआएसम्म निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको हो ।

    गत पुस १५ गते मञ्चको सम्पन्न अधिबेशनबाट आगामी नेतृत्वका लागि आइतबारदेखि निर्वाचन कार्यक्रम सुरू गरिएको थियो । गठित निर्वाचन समितिको संयोजकमा दाहालसहित डण्डीराज घिमीरे र कमन देवान सदस्य छन् । मञ्चको नेतृत्वमा प्रेस यूनियनसहितका संगठनहरुबाट विष्णु सुब्बा र प्रेस चौतारी र प्रेस सेन्टरबाट कृष्ण कार्की चर्चामा थिए ।

    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र भएका कारण पनि यस क्षेत्रको हरेक संघसंस्थाको निर्वाचनमा एमालेले प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको छ । एक दशकदेखि क्रियाशील मञ्चमा माईपश्चिमा ५८ जना पत्रकार सदस्य छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…