काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप एक साता थुनामा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबार सकिँदै थियो ।
जिल्ला अदालतको आदेशसँगै प्रहरीले महरालाई आगामी शुक्रबारसम्म थुनामा राख्ने अनुमति पाएको छ । तर प्रहरी स्रोतका अनुसार, सकेसम्म तिहारअघि नै मुद्दा चलाउने तयारी भइरहेको छ । प्रहरीले सरकारी वकिलको रोहमा महरासँग बयान लिइसकेको छ । बयानमा उनले आरोप इन्कार गरेका थिए । कान्तिपुरबाट ।