• स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।

    आफूले पाउने सुविधाको रकम र पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उनीहरु हुन्, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।

    स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर नगरप्रमुख फागोले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट आठ लाख ५० हजार रुपियाँ लगानी गरिदिनुभयो । उहाँले लागत साझेदारी जुटाउन नसक्ने उपभोक्तालाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गर्नुभएको छ ।
    प्रमुख फागोले भन्नुभयो, अलिअलि त व्यक्तिगत काममा पनि चलाइयो होला तर धेरै रकम उपभोक्ताले लागत साझेदारी जुटाउन नसकेकाहरूलाई रकम दिएर विकासको काम अगाडि बढाउन सहयोग गर्दै आएको छु ।
    उहाँले असहायहरूको शिक्षा र स्वास्थ्य उपचारमा पनि केही रकम खर्च गरेको जानकारी दिनुभयो । गोरखापत्रमा समाचार छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…