• उर्लाबारी । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मोरङ रतुवामाईका भुलबहादुर कार्की आशिष चयन भएका छन । नेविसंघका अध्यक्ष नैनसिंह महरले आशिषलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन ।

    नेविसंघको विधानमा अनुसार मनोनित गर्न पाउने व्यवस्था अनुसार अध्यक्ष महरले सक्रिय विद्यार्थी आशिष लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको बताएका छन ।

    को हुन आशिष कार्की ?



    मोरङ इटहरा रतुवामाई घर भएका कार्की बिद्यार्थीहरुको हकहितका लागि सक्रिय छन । २०५४ मा मोरङको पथरी शनिश्चरेस्थित बुद्ध उच्च माविको इकाई अध्यक्षबाट विद्यार्थी राजनीति सुरु गरेका कार्की १९ वर्ष यता नेविसंघकै संगठन मलजलमा व्यस्त छन् । २०५८ मा उनी धनकुटा बहुमुखी क्याम्पसको इकाई सभापति बने । त्यसपछि मोरङ जिल्ला सदस्य, सहसचिव हुँदै ९ वर्ष नेविसंघ मोरङको उपाध्यक्ष बनेर संगठन विस्तारको अभियानमा लागिरहेका छन् ।

    कांग्रेस उत्पादन गर्ने संगठनको रुपमा चिनिएको नेविसंघलाई मोरङमा बलियो बनाउन कार्कीको योगदान अविस्मरणिय रहेको विद्यार्थी नेताहरु बताउँछन् । सामान्यतया कांग्रेसको छोराछोरी नेविसंघ बन्ने परम्परालाई जीवन्तता दिँदं गैह्र कांग्रेसको छोराछोरीहरुलाई समेत प्रजातान्त्रिक समाजवादमा गोलबद्ध गराउन कार्की सफल बन्दै आएका छन् ।

    एमालेको विद्यार्थी संगठनबाट प्रवेश गरेकी आस्था राईले समस्या पर्दा आफनो संगठनका नेताहरुले भन्दा कार्कीले भरपर्दाे सहयोग गरेको बताइन् । उनले भनिन्, म जस्तै थुप्रै विद्यार्थीहरु दाइको सहयोग प्रेरणा र हौषलाले नेविसंघको छातामुनी संगठित भएका छौँ ।

    विद्यार्थी राजनीतिमा मात्र होईन, उनी मातृपार्टी नेपाली कांग्रेसमा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् । २०६२र०६३ को जन आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कार्की सोही क्रममा पटक पटक गिरफ्तारीमा समेत परेका थिए । प्रहरी यातना समेत पटक पटक भोगेका विद्यार्थी नेता कार्की राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको बिरुद्ध समेत आन्दोलनमा होमिएका थिए ।

    उनले गुटको राजनीतिबाट माथि उठेर विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलन्द आवाज उठाउने प्रण गरेका छन । उनले भने , प्रदेश नम्बर १ मा नेविसंघलाई पहिलो विद्यार्थी संगठनको रुपमा स्थापित गराउने छु ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …