• काठमाडौं, ८ कात्तिक । चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घटना घटाईएकोमा घोर भत्र्सना गरेको हो ।

    चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘त्यति मात्र होईन, उक्त राति होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र आफ्नो नजिकका सिनियर विद्यार्थीद्वारा गरिउको निर्घात कुटपिटजस्ता अपराधिक घट्नाले हामी विद्यार्थीहरु स्तब्ध भएका छौं ।

    राज्यको न्यायिक निकाय र अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति विद्यार्थीको अविश्वास छ । राज्य र अस्पताल प्रशासन दुवै विद्यार्थी र आम नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परीणामस्वरुप उक्त घट्ना भएको हो भन्नेमा दुईमत छैन र हुनुहुँदैन् ।’

    चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले हिजो भएको घट्नाको कडा निन्दा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।

    उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईको ध्यानाकार्षण गराउन चाहन्छौं ।’ विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिनपनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

    उनले भने,‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दापनि सरकार मुकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिन्छौं ।’

    उनले मेडिकल माफियाहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए । उनले भने,‘निजी मेडिकल कलेजबाट बढि शुल्क फिर्ता गराउने कुरामा सरकारलाई हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ ।’

    तर, प्रधानमन्त्री ओलीले थ्रेट गर्नुपर्ने मान्छेसँग तस्विर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे । उनले भने,‘विद्यार्थीको गाडीमाथि किन तोडफोड भयो ?

    यसको प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिन्छ ।’ आफूहरुको माग पूरा नभएसम्म एम.बि.बि.एस.को पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिए । उनले आफूहरुले उठाएको विषय कुनै संघ, संस्थाको भन्दापनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।

    त्यस्तै, कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले पनि नेश्नल मेडिकल कलेज वीरगन्जमा हिजो घटेको घट्नाको निन्दा गरे । भट्टले मुलुकबाट निरंकुशता हटेको भनेर दाबी गरिएपनि हिजोको घट्नाले अझै पनि मुलुकमा निरंकुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गरे ।

    उनले भने,‘विद्यार्र्थीहरुले शान्तिपूर्ण आन्दोलन गर्दा कलेज प्रशासन, खासमा सञ्चालक अन्सारी आफैं उपस्थित् भएर विद्यार्थीमाथि हातपात, कुटपिट र अमानवीय व्यवहार भएको छ । यो हाम्रो लागि कुनैपनि हालतमा क्षम्य छैन् । हामी निरन्तर संघर्षमा छौं ।’

    उनले सरकारले मेडिकल माफियाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेपनि माग गरे । उनले भने,‘हिजोको वीरगन्जमा भएको घट्ना चिकित्सा आन्दोनलकै कालो दिनको रुपमा हामीले लिएका छौं ।’

    उनले आफूहरुले संघर्ष समिति गठन गरेको नै दुई महिना व्यतित भएको र यो बीचमा बढि शुल्क फिर्ता गर्ने सहमति भएतापनि अहिलेसम्म कार्यान्व्यन नहुनु दुःखद् भएको टिप्पणी गरे । आफूहरुले चलचित्रमा देखिने गुण्डाराजभन्दापनि चर्को गुण्डाराज नेश्नल मेडिकल कलेजको प्राङगणमा देख्न पाईएको पनि उनको भनाई छ ।

    उनले अहिले पनि नेश्नल मेडिकल कलेजका विद्यार्थीहरु आफ्नै छात्रावासमा सुरक्षित नभएको पनि बताए । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    कार्यक्रममा संघर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीहरुमाथि दमन गर्ने र हातपात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री ओलीको किन साँठगाँठ भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘हिजो वीरगन्ज मेडिकल कलेजका सञ्चालक अन्सारीले आफैं विद्यार्थीमाथि लात हानेको छ ।’

    उनले विद्यार्थीहरु अहिले शोषित र पीडित भएको सुनाउँदै राज्य भने कानूनविहीन बनेको पनि टिप्पणी गरिन् । थापाले मेडिकल कलेजको नाममा माफियागिरी गर्नेहरुको भण्डाफोर गर्दै उनीहरुलाई जेल पठाउनुपर्नेपनि बताईन् ।

    कार्यक्रममा समितिका अर्का सदस्य नसिम अख्तारले नेश्नल मेडिकल कलेज वीरगन्जका सञ्चालक अन्सारीले सोही कलेजमा अध्ययनरत आफ्ना नातेदारपर्ने सिनियर विद्यार्थीहरु प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा रहेका जुनियर विद्यार्थीमाथि हातपात र दुव्र्यवहार गरेको आरोप लगाए ।

    उनले भने,‘सिनियर विद्यार्थीहरु जो जुनियरमाथि खनिए, उनीहरु अन्सारीका चम्चा हुन् । विद्यार्र्थीहरुको जायज माग पूरा गराउनको लागि प्रधानमन्त्रीले कुनै पहल गर्नुभएन् ।’

    उनले हिजोको घट्नापछि ‘न्याय नपाए गोरखा जानु र अन्याय हेर्न वीरगन्ज जानु’ भन्ने उक्ति लागु भएको पनि सुनाए । अन्सारीले आफूहरुलाई वीरगन्जबाट लाश बनाएर पठाईदिन्छु भन्दै धम्की दिएकोमा पनि कडा आपत्ति जनाए । सरकारले दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने पनि उनको माग छ ।

    त्यस्तै, कार्यक्रममा अर्का सदस्य प्रविण स्याङतेनले हिजोको घट्नाबाट विद्यार्थीको अधिकारमाथि चरम दमन भएको टिप्पणी गरे । संविधानकै मौलिक हकको रुपमा स्थापित विद्यार्थीको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला गम्भिर हुनुपर्ने बताए । विद्यार्थीसँग लिईएको बढी शुल्क तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरे ।

    विद्यार्थीमाथि गुण्डा लगाएर कुटपिट गराउने अन्सारीलगायत दोषीमाथि कडा कारबाही गर्नुपर्ने पनि उनको माग छ । त्यस्तै, शिक्षामन्त्रीले दुई पटकसम्म बढि शुल्क फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिबद्धता गर्दापनि अहिलेसम्म कुनै कार्यान्वयन नभएको उनको गुनासो छ ।

    गृहमन्त्रीले पनि यसबारेमा पटक पटक वचनबद्धता व्यक्त गरेको तर, विद्यार्थीको हितको लागि कुनै कदम नचालेकोमा पनि उनले आक्रोश पोखे ।

    उक्त घट्नाबारे सरकारले तत्काला छानबिन गरि घट्नामा संलग्न जो कोही भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको माग छ ।

    विज्ञप्तीमा थप भनिएको छ,‘साथै, उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको मानवअधिकारको सुनिश्चित् गरी जनधनको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, गृह प्रशासन, प्रदेश सरकार र मानवअधिकारकर्मीलाई विनम्र अनुरोध गर्दछौं ।’

    त्रिवी तथा काठमाडौं विश्वविद्यालय अन्तर्गतका निजी मेडिकल कलेजका विद्यार्थीहरु विगत लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका विकृतिहरु हटाउनको लागि संघर्ष समिति आन्दोलित छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…