• उर्लाबारी । सामुदायिक विकास मञ्च उर्लाबारीले मंगलबार २५ जना बालबालिकाहरुलाई स्वीटर प्रदान गरेको छ ।
    विपन्न समूदायका बालबालिकाहरुलाई जाडोको समयमा बिद्यालय आउन सहज होस् भन्ने हेतुले उर्लाबारी–१ स्थित नुनसरी आधारभूत बिाद्यालयमा स्वीटर वितरण गरिएको हो ।

    उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, वडा सदस्य सचिन शाक्य, विद्यालयका प्रधानाध्यापक ठमेश मोक्तान, मञ्चका अध्यक्ष ढुण्डीराज भट्टराई, कोषाध्यक्ष प्रभू राई, न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंगक लिम्बूलगायतले बालबालिकाहरुलाई स्वीटर हस्तान्तरण गरेका छन् ।



    विद्यालयका प्रधानाध्यापक ठमेश मोक्तानले जाडोको समयमा विपन्न समूदायका बिद्यार्थीहरुलाई स्वीटर प्रदान गरेकोप्रति संस्थालाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् । उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्यले सो स्वीटर मञ्चलाई सहयोग गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…