• विराटनगर: नेकपाका नेता माधवकुमार नेपालले प्रदेश १ का एकमन्त्रीकै सामुन्नेमा प्रदेश सरकार हुत्तिहारा भएको टिप्पणी गरेका छन् । इटहरी उपमहानगरपालिका–५ मा शनिबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेता नेपालले प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकेको प्रति असन्तुष्टि जनाउँदै हुत्तिहाराको संज्ञा दिए ।

    प्रमुख अतिथि रहेका नेपालले छिटो नाम तोक्न आग्रह गरे । उनले प्रदेशलाई कतिन्जेल अंकले सम्बोधन गर्ने भन्दै प्रदेशको नाम ‘कोसी’ राख्न पनि सुझाव दिए । प्रदेशको नामाकरण गर्ने कार्यलाई उनले ‘सामान्य’ भएको बताए । साथै सहमति नै गर्न नसक्ने भन्दै नेता नेपालले प्रदेश सरकारको आलोचना गरे ।

    ‘अझै पनि नाम एक नम्बर नै भन्नुपर्ने रहेछ, तुरुन्तै मतलब चैने कोसी प्रदेश, यो प्रदेशमा मतलब चैने नाम भन्दा पनि एक नम्बर दुई नम्बर तीन नम्बर, के हाे यो ?' उनले थपे- 'एउटा निर्णय गर्न नसक्ने हामीभन्दा, अर्को शब्द प्रयोग नगरौं हुत्तिहारा भन्न भएन मैले, सहमति पनि गर्न नसक्ने ।'

    उक्त कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित प्रदेशसभाका सदस्य समेत रहेका नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य र प्रदेश अध्यक्ष देवराज घिमिरे पनि मञ्चमै थिए ।

    यसअघि संघीय सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधीमन्त्री गोकुल बाँस्कोटाले पनि प्रदेशको नाम अंकमा भन्न अप्ठेरो भएकोले कोसी प्रदेश राख्न सकिने सुझाव दिएका थिए ।

    भर्खरै सकिएको चौथो तथा बजेट अधिवेशनमा प्रदेशको नामाकरण टुंगो लगाउने भनिएपनि उक्त अधिवेशनमा नामाकरणको बिषयले प्रदेशसभामा प्रवेश पाउन सकेन । प्रदेश १ को तेस्रो अधिवेशनबाट प्रदेशको राजधानी विराटनगर तोकिएपनि नामाकरण भने हुन सकेको छैन ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…