• काठमाडौं, १० कात्तिक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहमद आफ्ताव आलम काण्डमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि तानिने भएका छन् ।

    रौतहटको राजपुर नगरपालिका–२ फरहदवामा २०६४ चैत ७ गते राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारेका आलमलाई रौटहट प्रहरीले नियन्त्रणमा लिएपछि तत्कालिन गृहमन्त्री सिटौला पनि तानिने निश्चित भएको हो ।

    घटनाका दोषीलाई उन्मुक्ति दिन राजनीतिक दबाब नदिएर प्रहरीलाई दोषी पक्रन र निष्पक्ष छनविन गर्न निर्देशन नदिने सिटौलालाई पनि नियन्त्रणमा लिने तयारी प्रहरीले गरेको बुझिएको छ ।

    घटनामा आफ्ना पार्टीका नेता आलमलाई नेता सिटौलाले आफ्नो पदको दूरुपयोग गर्दै उन्मुक्ति दिएको ठहर प्रहरीको छ ।

    गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अन्य राजनीतिक शक्तिकेन्द्रको दबाबका कारण आलमले अहिलेसम्म उन्मुक्ति पाउँदै आएका थिए ।

    १२ वर्षअघि रौतहटका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेबाट ‘माथिको आदेश’ भन्दै घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीको हैसियतमा सिटौलाले निर्देशन दिएका थिए ।

    दबाबका बीच पनि त्यतिबेला प्रहरीले घटनामा संलग्नमाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी गरेको थियो ।

    तर, तत्कालीन गृहमन्त्री सिटौला, गृहसचिव उमेश मैनाली र आईजीपी ओमविक्रम राणाले यसबारे आफू जानकार नभएको भन्दै पन्छिदै आएका छन् ।

    एउटै पार्टीका गृहमन्त्री रहेका बेला सोही पार्टीका नेतामाथि जन्मकैदको सजाय दावीसहित प्रहरीले अनुसन्धान गर्दा गृहमन्त्रीले थाहा नपाएको भन्नु ‘घटना ढाकछोपको प्रपञ्च’ भएको बुझ्न कठिन छैन् ।

    सिटौला यो घटनामा मात्रै होइन गृहमन्त्री भएकै बेला सुडान घोटाला भएको थियो ।सुडानमा शान्तिसेनामा गएका नेपाली सैनिकहरुले अन्याय भोगेका थिए ।

    हतियार खरिदका क्रममा करोडौं रुपैयाँ घोटाला भएको थियो । नेपाली सैनिकले विदेशीहरुका अत्याधुनिक हातहतियारका अगाडी सामान्य एसएलआरले भिड्नुपर्ने दयनिय अवस्थामा गुज्रिनुपरेको थियो ।

    त्यसबेला सुडान घटनाको स्पष्ट छनविनमा सहयोग नगरेर नेता सिटौला भिलेनको भूमिकामा प्रस्तुत भए, पछि आलम प्रकरणमा पनि सिटौलाले जनताको पिरमर्कालाई लत्याएर आफुना पार्टिका नेता आलमलाई संरक्षण दिएर उल्टै रौतहट घटनालाई लुकाउन प्रयास गरे ।

    एकपछि अर्को घटनामा मुछिएका नेता सिटौैलामाथि गहिरो अनुसन्धान गर्न आवश्यक देखिन्छ । रौतहट घटनालाई जोड्ने हो भने आलमलाई मात्रै हैन नेता सिटौलालाई पनि पक्राउ गरेर गहिरो छानविन गर्न सकेमा मात्रै वास्तविक दोषिमाथि कारवाही हुनसक्ने र पिडितले न्याय पाउन सक्ने देखिन्छ ।

    सभापति रामचन्द्र राउतको कार्यकक्षबाट तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले जयप्रकाश कौशललाई अपहरण गरे ।

    त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । जाँचबुझका क्रममा गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भएको थियो ।

    एमाले कार्यकर्ता कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ ।

    व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…