• काठमाडौं । गुण्डा नाइके बलबहादुर सापकोटा ‘बले’ पक्राउ परेका छन् ।

    काठमाडौंको पिपलमार्गस्थित विक्रम गौतमको घरबाट बले पक्राउ परेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई भक्तपुरमा बस्दै आएका बलेलाई प्रहरीले आइतबार बिहान २ बजे जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    ‘बले’ले झापा जिल्लामा मिनी क्यासिनो बनाउँदै गरेका छन् । बलेले पछिल्लो समय बालुवाखानी, क्रसर, मिनी क्यासिनो, क्याटरिङ लगायतका व्यवसायमा हातहालेका छन् । बिगतमा कमाइ गरेको अबैध सम्पत्तिलाई उनले ह्वाइट मनी बनाउन विभिन्न धन्दा चलाउँदै आएको स्रोतले जनाएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका ‘बले’को नेकपाका सांसद महेश बस्नेतसँग राम्रो सम्बन्ध छ ।

    प्रहरीका अनुसार जुवा खेल्दै गरेको अवस्थामा बलेसँगै अन्य २५ जनालाई पनि पक्राउ गरिएको छ ।

    महराजगञ्जबाट पक्राउ परेका २५ जना हाइप्रोफाइल जुवाडेहरूको सूचीमा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्रकुमार कार्की पनि परेका छन् ।

    जुवाको अड्डाबाट प्रहरीले दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर २ भाङ्गीका बुद्ध लामा, काठमाडौं महानगरपालिका वडा नम्बर १५ का मुक्ति लामा, काठमाडौं महानगरपालिका वडा नमबर ९ का पवन अग्रवाल, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का सुमन अग्रवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का कृष्ण भण्डारी, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का राम तामाङ्ग, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ का सीताराम खड्का, काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अशोक श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर ३५ का श्यामप्रसाद पराजुली, काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुका रञ्जन राजबंशी र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का विक्रम गौतम रहेका छन् ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर ५ का प्रदीप बोगटी, काभ्रेपलान्चोकको तिमाल गाउँपालिका वडा नम्बर ६ का नवाङ्ग लामा, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का धावा लामा, काभ्रेपलान्चोकको रोशी गाउँपालिका वडा नम्बर ४ का बलराम सापकोटा ‘बले’, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का रोशन तामाङ्ग, दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ का रामकृष्ण केसी, दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ काईन्द्र श्रेष्ठ, ललितपुरको गोदावरीका प्रेम थापा मगर, ललितपुरको पुल्चोकका सोहेल कार्की, ओखलढुङ्गाको पाप्ले – ३ का सुमन गुरुङ्ग, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका – ३ का शोवित सिलवाल, रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की, र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका – ४ का शम्भु शेर्पा रहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …