•  

    दाप्चा । नेपाली कांग्रेसका युवा नेता गणेश लामाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको दिन प्रतिदिन ग्राफ घट्दै गएको बताएका छन् ।

    नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले काभ्रे जिल्लाको दाप्चामा शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै लामाले कम्युनिस्टहरुको गलत हर्कतले जनता आजित बनेको बताए । उनले गलत निर्याय र हर्कतले गर्दा कम्युनिस्ट सरकारको ग्राफ घटेको बताए ।

    कम्युनिस्ट सरकारलाई विदेशीले पनि विश्वास नगरेको भन्दै नेपाली कांग्रेसका युवा नेता लामाले जनतालाई चर्को कर लगाएको बताए ।

    ‘विदेशीले सहयोग नदिएपछि यो कम्युनिस्ट सरकारले जनतालाई चर्को कर लगाएको छ’, उनले भने, ‘जनतासँग चर्को कर उठाएर कम्युनिस्ट सरकारले आफूहरुका लागि सुविधा लिने र कार्यकर्ता पोस्ने कार्य गरेको छ ।’

    नेपाली कांग्रेसले अबको निर्वाचन कुनै पनि हालतमा जित्ने उनले बताए । त्यसका लागि सबै मिलेर कांग्रेको संगठन बनाउनुपर्ने लामाले बताए । उनले भने, ‘कम्युनिस्टहरुको भ्रष्टाचारलाई गाउँ गाउँमा लगेर जनता समक्ष उदाङगो बनाइदिनुपर्छ ।’

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…