• स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबार नै ओलीको आकस्मिक रुपमा मिर्गौला डायलासिस गरिएको थियो।

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबार नै ओलीको आकस्मिक रुपमा मिर्गौला डायलासिस गरिएको थियो।

    प्रधानमन्त्री ओलीको आज बिहीबार पनि दोस्रो चरणमा मिर्गौलाको डायलासिस गरिएको छ ।

    सिंगापुरमा मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ बढी देखिएपछि त्यो हटाउन प्लाज्मा फेरेसिस पद्दतिबाट उपचार गरिएको थियो ।

    यता फेरी ‘प्लाज्मा फेरेसिस’ पद्दतिबाट उपचार गरेको दुई महिनामै प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको डायलासिस गरिएको छ ।

    यस्तै प्रधानमन्त्रीको स्वास्थ्यवस्था बुझ्न नेकपाका अर्का अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन् । यस अघि नेकपाका नेताहरू भीम रावल र नारायणकाजी श्रेष्ठ पनि अस्पताल पुगेका थिए । उनीहरूले प्रधानमन्त्रीको डायलासिस भइरहेकाले भेट्न भने पाएनन् । नेकपाका अन्य नेताहरूको पनि अस्पतालमा बाक्लो उपस्थिति छ । प्रधानमन्त्री निकट स्रोतले भने ओलीको स्वास्थ्यवस्थाबारे जानकारी लुकाएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…