काठमाडौं,१५ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।
जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो ।
महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी अदालतले छाडेको छ ।
महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।