• क्वालालम्पुर,रातोकलम अनलाइन।

    जानुवरी-२

    बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया आइपुगेका काभ्रेलिहरुले काभ्रे सेवा समाज मलेशियाको अङ्ग्रेजी नया बर्षको प्रारम्भ सङै जानुवरी-१ तारिक गठन गरेका छन। सम्पुर्ण काभ्रे बासिहरु लाई संगठित गर्ने उदेश्यले काभ्रे सेवा समाज मलेसियाको गठन भएको हो।काभ्रे जिल्लाको पहिचान दिने लगायत् समग्र काभ्रे जिल्लाको विकासको लागि मलेसियामा छरिएर रहेका आम काभ्रेलीहरु लाई एकताबद्ध गर्दै काभ्रे जिल्लाको बिकास,पहिचान र सामाजिक एकता अभियान स्वरुप गठन गारिएको जनाएका छन।

    मलेसियालाई आफ्नो कर्मभुमि बनाउँदै आएका काभ्रेलिहरुलाई समेटेर संस्था निर्माणनार्थ सम्पुर्ण प्रक्रिया पुरा गरि बिसुद्ध राजनीतिक,गैर नाफामुलक र निस्वार्थ सेवादायी सामाजिक संस्था काभ्रे सेवा समाज गठन गरिएको जानकारी सस्थाका महासचिव दावा तामाङले जानकारी दिएका हुन
    ।यस संस्थाको प्रमुख उद्देश्य वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको विभिन्न ठाउँमा छरिएर रहेका आम काभ्रेलिहरु लाई एकीकृत गर्दै आफ्नो गृह जिल्लावासी लाई मलेसियामा कुनै समस्या परेमा उद्दार गर्ने वा आफ्नो गृहजिल्लाबासी मात्र नभएर जो कोहि समस्यामा परेका नेपालि लाई प्रवासमा भइपरी आउने समस्याहरूमा आफुहरुले सकेको नैतिक र आर्थिक सहयोग गर्ने बताएका छन।

    नेपाल भित्र कुनै प्राकृतिक विपत् र शिक्षा,स्वास्थ र सन्चार क्षेत्र विकासमा कमजोर पहुँच भएका ठाउहरुमा पहिलो प्राथमिकतामा राखी निस्वार्थ सहयोग गर्ने पनि योजना रहेको छ।काभ्रेवासीहरु लाई प्राणघातक रोग लगायत अन्य भयानक रोग लागि पारिवारको आर्थिक अवस्था कम्जोर भई उपचारार्थ समस्यामा भएमा सहयोग गर्ने,साथै काभ्रे एक धार्मिक साँस्कृतिक हिसाबले सम्पन्न जिल्ला बनाउन आफुहरुले सक्दो बल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।सेवा समाजले काभ्रेको धार्मिक स्थल निर्माणरार्थ सक्दो सहयोग गर्ने साथसाथै काभ्रेको चौतर्फी विकासको लागि नेतृत्व लिने अग्रणि संस्थाहरु र विभिन्न देशमा काभ्रे समृध्दिको लागि सकरात्मक योगदान पुर्याउने संघसंस्थाहरु सङ हातेमालो गर्दै सहयोगी निकायहरु सँग समन्वय गर्दै अगाडि बढ्ने पनि बताएका छन।

    नव गठित सस्थाका पुर्ण कार्यसमितिहरु निम्न बमोजिम रहेको छ।सल्लाहकार : अम्बर ब.तामाङ,संसर लामा घिसिङ,अध्यक्ष : उर्गेन थोकर तामाङ,उपाध्यक्ष : मोक्तान ज्ञानु तामाङ,उपाध्यक्ष : रमित लामा,कोषाध्यक्ष : पासाङ पख्रिन,तामाङ,महासचिव : दावा घिसिङ तामाङ,सचिव : श्याम थिङ तामाङ सदस्यहरु दल ब.तामाङ,भोज कुमार दोङ,सोनम मोक्तान ,राजु तामाङ,अतित तामाङ,रोहित वाईबा,भिमराज लामा,संग्रम मोक्तान ,फूलकुमार तामाङ,जिरण तामाङ,चक्र तामाङ,मनु तामाङ,लाक्पा तामाङ,जगत सिं तामाङ,कोष बोम्जन रहेका छन।भने नव गठित यस समाजले मृगौला पिडित भोज कुमार तामाङ लाई पहिलो सहयोग गर्ने जनाएका छन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…