स्पेन : स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले अप्रत्यासित हार व्यहोरेको छ । लेभान्टेसँग ३–१ ले पराजित हुँदा बार्सिलोना अंक दूरी बढाउने अवसरबाट बञ्चित भएको हो ।
लेभान्टेको घरेलु मैदानमा भएको खेलमा ३८औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेभान्टेका डिफेन्डर जर्ज मिरामोलले बार्सिलोनाका डिफेन्डर निल्सन सेमोडोलाई पेनाल्टी एरियामा फउल गरेपछि बार्सिलोनाले पोनल्टीको अवसर पाएको थियो ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको बार्सिलोनाका लागि खेलको ६० देखि ७०औं मिनेट बीचका समय निकै दुभाग्यपूर्ण रह्यो ।
६१औं मिनेटमा लेभान्टेका जोज क्याम्पानाले गोल गरी खेल बराबरी बनाए । ६३औं मिनेटमा बोर्जा मोयाले गोल गर्दा बार्सिलोना २–१ पछि पर्यो । ६८औं मिनेटमा नेमान्जा राडोजाले गोल गरी बार्सिलोनालाई निराश बनाए ।
७ मिनेटमा लगातार नीत गोल खाएपछि खेलमा फर्कन गरेको बार्सिलोनाको प्रयास सफल हुन सकेन। खेल अवधिभर लेभान्टेमाथि दवाव बनाइरहेको बार्सिलोना स्तब्ध बन्यो। अन्नपुर्ण पोष्टबाट ।