•  

    काठमाडौं ।  कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा ‘सर्र्वोच्च अदालतको फैसलाको सम्मानार्थ सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भएकाले पक्राउ गरेर बुझाई सहयोग गरिदिनू’ भन्ने उल्लेख छ ।



    काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले सिलवालमाथि कासमू किर्ते प्रकरणमा आवश्यक सोधपुछ र बयान लिनुपर्ने भएकाले पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटिएको बताए ।

    उनले भने, ‘ सम्मानित सर्वोच्च अदालतले कानुनबमोजिम गोप्य रहनुपर्ने कासमू फारम र सिलवालले सर्वोच्चमा पेस गरेको कासमू फारमको अंकमा के कसको संलग्नता छ भनेर अनुसन्धान गर्न भनेकाले हामीले तत्कालीन समयमा अदालतमा सिलवालले पेस गरेको कासमू कहाँ र कसरी पाएको हो भन्नेबारे सोधपुछ गर्नुपर्ने भएकाले उनलाई झिकाउन ललितपुर प्रहरीको सहयोग मागेका हौं ।’ सिलवालको गृहजिल्ला ललितपुर गोदावरी हो ।

    ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सांसदसमेत रहेका सिलवालले भने मंगलबार बिहानै उपत्यका छाडिसकेको स्रोतले बतायो । आजको अन्नपूर्ण पोस्टमा छापिएको खबर हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …