• काठमाडौँ , १९ पुस : स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारको समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबारबाट केन्द्रीय समिति बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने सहायकमहामन्त्री राजाराम बर्तौलाले बताए ।

    बर्तौलाका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने र पार्टीको आगामी कर्यदिशा तय गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा महामन्त्री जयन्त चन्दले सचिवालयसम्बन्धी तथा कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सत्तारुढ दल राप्रपा प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत पुर्‍याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ



    कार्यसम्पादन समिति सदस्य गिरीलाई बोलाइएन

    कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीलाई भने केन्द्रीय समिति बैठकमा बोलाइएको छैन । यसअघि, सल्लाहविना नै मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको प्रस्ताव पेस गरेको भन्दै अध्यक्ष कमल थापाले गिरीलाई सहरी विकास मन्त्रीबाट फिर्ता बोलाएका थिए । केन्द्रीय समिति बैठकमा उपस्थित हुनका लागि अहिलेसम्म पार्टीबाट खबर नआएको गिरीले बताए । ‘अहिलेसम्म पार्टीका कुनै पनि पदबाट हटाइएको जानकारी मलाई पार्टीले गराएको छैन,’ गिरीले नयाँ पत्रिकासँग भने, ‘तर, बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन पार्टीबाट जानकारी आएको छैन ।’

    केन्द्रीय समिति बैठकमा सदस्यहरूलाई बोलाउने जिम्मा पाएका एक सदस्यले गिरीलाई बैठकमा नबोलाउने निर्देशन अध्यक्षले नै दिएको बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …