•  

    हङकङ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ हङकङमा दोस्रो पटक प्रदर्शन गरिएको छ ।

    आइतबार हङकङमा अवस्थित याउमातेइ कम्युनिटी हल जोर्डनमा फिल्मको प्रदर्शन गरिएको थियो । फिल्मलाई सरस्वती राई, योगेन लिम्बु, भोजराज लिम्बु, सुनकोष लिम्बु र मोहन लिम्बुको आयोजनामा देखाइएको हो ।

    भीषण राईद्वारा निर्देशित चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, माला लिम्बु र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् भने कार्यकारी निर्माता सन्तोष राईको रहेको छ ।

    च्यारिटी शो मा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, पथरीशनिश्चरे समाज हङकङका गोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    तस्बिरहरु  एच.के. दर्पण

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…