• काठमाडौँ, १९ कात्तिक । तिहारको लक्ष्मीपूजाको अघिल्लो दिन बेलुका काठमाडौं प्रहरीले एउटा भिआईपी जुवा अखडामा छापा हान्यो ।

    पाँच तारे होटलका क्यासिनो भन्दा ठूलो त्यो जुवाखालबाट ठूलो परिमाणमा नगद मात्र बरामद भएन, पक्राउ परेका व्यक्तिहरु पनि ठूलै थिए ।

    महाराजगञ्जस्थित बिक्रम गौतमको घरमा कौडा खेलाइरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट दुई करोड ६७ लाख रुपैयाँ नगद बरामद भयो । जुन पैसा गन्न मात्र प्रहरीलाई तीन घन्टा लागेको थियो ।

    पक्राउ पर्नेहरु पनि हाईप्रोफाइल नै थिए । जसमध्ये एक बैंकर समेत छन् । सनराइज बैंकका सबैभन्दा ठूला शेयर होल्डर तथा पूर्व सञ्चालक श्रवणकुमार गोयल पनि सोही जुवाखालमा पक्राउ परेका थिए ।

    पक्राउ परेलगत्तै उनले आफ्नो नाम सुमन अग्रवाल भनेर ढाँटेका थिए । पछि प्रहरीले कागजपत्र मागेपछि उनको वास्तविक पहिचान खुलेको हो ।

    गोयल अर्बपति व्यापारी हुन् । उनी बालुवाटारको जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । जसमा सिआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि समेत अनुसन्धान गरिरहेको छ ।

    त्यस्तै चर्चित ट्राभल व्यवसायी पवित्र कुमार कार्की समेत त्यही समातिएका थिए । क्यासिनो किङ बलेदेखि मिटरब्याजी सोवित सिलवाल समातिएको सो अड्डामा सबैजसो करोडपतिहरु नै थिए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…