• झापा : प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

    उन्पचास थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो

    । विर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुवै ट्रक पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभएको छ । प्रहरीले ना.५ख ५९४६ र ना.६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको हो ।

    लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए ।

    जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिनुभएको बताइएको छ ।

    प्रहरीका अनुसार नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गर्नुभएको हो ।

    प्रहरीले केही महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलीप विश्वकर्माले साथ दिँदै आउनुभएको थियो ।

    झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द्र(मण्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोही बजारलाई प्रयोग गर्दै आएको बताइएको छ ।

    केही महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिटसमेत गरेको घटना बाहिर आएको थियो । दैनिक चार÷पाँच ट्रक पशुचौपाय तस्करीका लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

    झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठूलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको हो । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शून्यमा झार्ने रणनीति रहेको बताउनुभएको छ ।

    मुख्य राजमार्गबाट दक्षिणतर्फ एउटा पनि चौपाय लैजान नदिने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…