• बझाङ । बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्ने क्रममा ६९ वटा बमहरु फेला परेका छन् ।

    बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन सुरु गरेको थियो ।

    बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको थियो ।

    सेनाको टोलीले बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम सुरु गरेपनि बुधबार पनि डिस्पोज गर्ने काम नसकिएकोले बिहीबार फेरि निरन्तरता दिएको स्थानीयले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला परेको जानकारी दिए ।

    ‘बमको प्रकृति हेर्दा द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ डिएसपी बमले खबरहबसँग भने, ‘केही बम धेरै स–साना पनि छन् । धेरैजसो सकेट बम छन् ।’

    बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…