• एजेन्सी । आफूलाई एउटा सिङ्गो उमेर समूहको मित्रतामा सीमित राख्नु भनेको तीन स्कुप आइसक्रिम खाँदा सबै एउटै फ्लेबरको अर्डर गर्नु जस्तै हो । तरपनि पछिल्लो समय हाम्रो समाज उमेर समूहले विभाजित भइरहेको प्रशस्त उदाहरण देख्न सकिन्छ । परम्परागत एवम् सांस्कृतिक मूल्य मान्यता अनि प्राविधिक अन्तरका कारण पनि मानिसहरु एउटै उमेर समूहसँगको सम्बन्धमा बाँधिएका छन् । तर वास्तवमा व्यक्तिगत विकासका साथै जीवनका धेरै पक्षमा हामीलाई सबै उमेर समूहको मित्रता आवश्यक पर्छ जसले हामीलाई जीवनबारे धेरै कुरा सिकाउन सक्छ ।

    जस्तै ७० वर्ष माथि उमेर समूहका मानिसलाई शान्त पिँढीका रुपमा लिइन्छ । उनीहरुको बाल्यकाल धेरै कठिन रह्यो भने उनीहरुले दोस्रो विश्वयुद्धका दुःखद् दिनहरुको सामना पनि गर्नुपरेको थियो । त्यसैले यिनीहरुले हामीलाई जीवनबारे सबैभन्दा उपयुक्त सुझाव दिन सक्छन् ।

    उनीहरुको अनुभव दुनियाँको कुनै किताबसँग तुलना गर्न सकिँदैन । यसपछिको अर्को उमेर समूह भनेको १९४६ देखि १९६४ का बीचमा जन्मिएका पिँढी हुन् जो तुलनात्मक रुपमा धनी र सम्पन्नशाली मानिन्छन् । त्यस्तै उनीहरु पुराना संस्कृति मान्दै नयाँलाई पनि अपनाउने मौका पाएका समूहमा पर्दछन् । यसैले हामीले चिनेका ऐतिहासिक पात्रलाई उनीहरुले प्रत्यक्ष देखेसुनेका हुन्छन् ।

    जस्तै हामीले अहिले सम्झने वा मनपर्ने पुराना गायक, अभिनेतालगायतका व्यक्तित्वबारे उनीहरु सबैभन्दा बढी जानकार हुन्छन् । त्यस्तै यी उमेरका मानिसहरु रिटायर्ड हुने क्रममा हुन्छन् जसका छोराछोरी, नातिनातिनी पनि किशोरावस्था पार गरिसकेका हुन्छन् । यस्तोमा उनीहरुसँग जीवनबारे तर्क गर्नुले हामीलाई अलग्गै संसारसँग परिचित गराउन सक्छ । त्यस्तै व्यापार व्यवसायबारे पनि यिनीहरुबाट राम्रो सुझाव लिन सकिन्छ ।

    यसपछि आउँछन् ४० देखि ४५ वर्ष उमेर समूहका, जसको बाल्यकाल पनि दबाबमा बितेको थियो । त्यसैले यिनीहरुले धेरैहदसम्म हाम्रो भावना बुझ्न सक्छन् भने कतिपय अवस्थामा प्रेरणा पनि साबित हुन सक्छन् ।

    यिनीहरुसँग समय बिताउन सहज र रमाइलो हुन्छ । यसपछिको अर्को समुह भनेको नोकिया फोनको पिढी हो जसको पालामा सबैभन्दा तिव्र प्राविधिक विकास भयो । यिनीहरु अफलाइन र अनलाइन जीवनबीच बाँचेका पीढी हुन् । उनीहरुसँग याद गर्न लायक धेरै क्षणहरु छन् । उनीहरुले कम समयमै असफलता र सफलता दुवैको सामना गरिसकेका छन् । र उनीहरु नयाँ क्रियाकलापमा पनि रुची राख्छन् भने पुराना ट्रेन्डबारे पनि उत्तिकै जानकार हुन्छन् ।

    अहिलेको पीढी, जसलाई ‘जेनेरेसन जी’ पनि भनिन्छ यिनीहरु भने सबैभन्दा रचनात्मक क्षमता भएका समुह हुन् । यिनीहरुको प्राविधिक क्षमता पनि आश्चर्यजनक हुन्छ । यिनीहरु सामाजिक संजालमा विशेष सक्रिय रहन्छन् जसले आधुनिकताको प्रतिनिधित्व गर्दछन् । उनीहरु प्रायः मोबाइलमा व्यस्त देखिए पनि यिनको ह्युमर र ज्ञान अनि सिपलाई नकार्न सकिँदैन । उनीहरु वातावरणदेखि सबै क्षेत्रमा जागरुक र शिक्षत छन् । त्यसैले यी उमेरका साथीले पक्कै पनि हाम्रो समय रोचक र फलदायी बनाइदिन सक्छन् । – द गार्जियन

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…