• कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।

    जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।

    ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले  बताए ।

    अपडेट :

    कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जनारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो ।

    बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको पर्यटक बसपार्कमा विस्फोट भएको थियो ।

    जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विस्फोट गराइएको  जानकारी दिए ।

    आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…