काठमाडौँ । पूर्व अर्थ राज्यमन्त्री एवं उद्योपति रुप ज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनी सिंगापुरबाट काठमाडौं ओर्लिएपछि प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। हाउजिङ सञ्चालनको नाममा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। मंगलबार सर्वोच्च अदालतले ज्योतिलाई पक्राउ गरी कसुरमाथि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो।
उनलाई शुक्रबार अदालतमा अपस्थित गराएर उजुरीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ। कान्तिपुरबाट ।