• कार्तिक २२, पथरी ।
    करेन्ट लागेर एउटा हात गुमाएका पथरी शनिश्चरे वडा नम्वर ९ का चन्द्र दर्जीलाई किरात याक्थुङ चुम्लुङ इजरायलले आर्थिक सहयोग गरेको छ ।
    केही महिना अघि घरायसी काम गर्ने क्रममा करेण्ट लागेर शख्त घाइते बनेका दर्जीको उपचार स्थानिय अस्पतालहरुमा सम्भव नभए पछि काठमाडौको किर्तिपुर अस्पतालमा उपचार भैरहेको थियो । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको दलित परिवारमा दैनिक हातमुख जोडनै मुस्किल परिरहेको बेला घरको कान्छो छोरोमाथी परेको बज्रपातले परिवारलाई झनै पिरोल्दै आएको छ ।
    आर्थिक अभावका कारण उपचारमा समस्या हुदाँ स्थानिय छिमेकी, आफन्त, इष्टमित्र सबैले धेरथोर सहयोग गरेर उपचार त गरे तर एउटा हात भने गुमाउनु पर्यो ।


    जसोतसो उपचार पश्चात् अस्पतालले डिस्चार्ज त दियो तर अस्पताल छाड्नु अघि ७० हजार रुपैयाँ बुझाउनु पर्ने भयो। सो रकम अभावमा अस्पतालबाट निस्कन समस्या भैरहेको अवस्थामा किरात याक्थुङ चुम्लुङ इजरायलबाट केही थप आर्थिक सहयोग भए पछि परिवार दङ्ग परेको छ ।
    किरात याक्थुङ चुम्लुङ इजरायलबाट संस्थाकी आर्थिक संयोजक साथै संस्थाकि प्रथम उपाध्यक्ष नुमा काङ्वा लिम्बुको पहलमा ५१ हजार ६ सय ४२ रुपैयाँ पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
    सो सहयोग रकम बुझ्दै पिडित चन्द्रका दाजु दिपक दर्जिले किरात याक्थुङ चुम्लुङ इजरायलका साथै सम्पुर्ण सहयोगीहरु प्रती आभार प्रकट गर्दै आफू सम्पुर्ण सहयोगीहरुको ऋणी भएको सुनाए ।


    पिडित दर्जीको उपचारमा स्थानियका साथै पथरी शनिश्चरे १० का वडा अध्यक्ष सागर राई, वैदेशिक रोजगारीमा रहेका पथरी शनिश्चरे १० कै ज्ञान बहादुर राई लगायतले समेत आर्थिक सहयोग गर्नु भएको छ ।
    पिडित दर्जीको १ महिनाकी सुत्केरी श्रीमती र १ बच्चा समेत रहेका छन। अब एक हात गुमाएका चन्द्रको जीवन यसरी नै सहयोगी मनहरुको सहयोगले केही सहज होला ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…