• उर्लाबारी पुश १९ । मारवाडी युवा मञ्च, उर्लावारीले मिक्लाजुङ –६ का बाढीपिडीत बाट बिस्थापित भएका २६ परिवार लाई सिरक ज्याकेट, स्वेटरहरु वितरण गरेको छ ।
    मारवाडी युवा दिवस को अवसर पारेर मञ्चले जाडो मा अस्थायी टहरा बनाएर कष्टकर जिवन बिताइरहेका २६ परिवार का १०८ जना सदस्यलाई न्यानो कपडा र सिरक वितरण गरेको छ ।

    मिक्लाजुङ गाउँपालिका का उपाध्यक्ष सरला राईको प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा न्यानो कपडा सहित २६ थान टर्च लाईट,चप्पल , ऊनी टोपी र ६ कार्टुन बिस्कुट वितरण गरिएको संस्थाका महासचिब शुनिल अग्रवालले बताउनुभयो । संस्थाका अध्यक्ष बिजय बाहेती सहित संस्थाका पदाधिकारीहरु प्रियस बाहेती प्र्रितेस अग्रवाल,अंकुश अग्रवाल,महेश अग्रवाल, निखिल अग्रवाल,योगेश अग्रवाल,सन्देश शर्मा,पुनम शर्मा,श्यामसुनदर अग्रवाल, अबिकेश अग्रवाल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको ब्यवस्थापनको लागि स्थानिय पत्रकार सन्तोष गौतमले सहजिकरण गरेका थिए । सञ्चार माध्यममा बाढि पिडीतको दुखदायी समाचार आएपछि आफुले सहयोग गरेको अध्यक्ष बिजय बाहेतीले बताउनुभयो । बाहेतीका अनुसार हरेक बर्ष मारवाडी युवा दिवसका मञ्चले सामाजिक कार्यक्रम गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…