काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रशासनिक क्षेत्रको सुधारका लागि भन्दै सल्लाहकारहरूलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारी पनि भइरहेको छ । सचिवालयका सदस्यहरुले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिने बताइएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने बताइएको छ ।