• काठमाडौं । सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो ।
    स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिनुभयो ।
    यसबाहेक सङ्घीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराउनुभएको थियो । २०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।
    २२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पु¥याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।
    जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले बताउनुभयो ।
    स्थानीय ताराखोलाको पानी दुई किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्पmत टर्वाइनमा पु¥याइएको छ । दुई टर्वाइनमा प्रतिसेकेन्ड ४२३ लिटर पानी प्रवाह गरी विद्युत् उत्पादन गरिएको केन्द्रका प्राविधिक राजन आचार्यले जानकारी दिनुभयो । आयोजनाको लक्षित क्षेत्रमध्येमा केही क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पु¥याइएको छ । आयोजनाबाट उत्पादन हुने सबै विद्युत् स्थानीयस्तरमा खपत नहुने अवस्थामा सो आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडने गरी स्विच यार्ड बनिरहेको बताउनुभयो । धसामुदायिक स्वामित्वको मोडेलमा बनेको प्रवद्र्धक ताराखोला जलविद्युत् लिमिटेडमा स्थानीय १६ सय जना सेयर सदस्य रहेका छन् । आयोजना निर्माणका लागि सेयर स्वामित्वका साथै अन्य लगानी पनि सेयर सदस्यले नै जुटाएका हुन् ।
    साना जलविद्युत् आयोजनाका रूपमा दोलखाको हलुवा खोलामा चार सय किलोवाट क्षमताको साना जलविद्युत् यसअघि नै बनिसकेको छ तर सो आयोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०को अनुदानमा बनेको थियो । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…