• काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना खेलमा प्रभावशाली जित निकालेका छन्। साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले हराउँदा रियल मड्रिडले एआइबारमाथि ४-० को एकपक्षीय जित निकाल्यो।

    घरेलु मैदानमा भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउने क्रममा कप्तान मेसीले ह्याट्रिक गरे। खेलको २३औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सेल्टा भिगोका लागि लुकास ओलाजाले ४२औं मिनेटमा गोल गर्दा खेल बराबरी भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा मेसीले अर्काे गोल गर्दा। खेल २-१ मा पुग्यो।

    दोस्रो आफ सुरु हुनेवित्तिकै ४८औं मिनेटमा मेसीले तेस्रो गोल गरी अग्रता बढाए। ८५औं मिनेटमा सर्जिओ बसक्वेटले गोल थपेपछि बार्सिलोनाले ४-१ को जित दर्ता गर्न सफल भयो।

    अर्काे महारथी क्लब रियल मड्रिडले एआइबारलाई उसकै मैदानमा हराउने क्रममा करिम बेन्जिमाले २ गोल गरे कप्तान रामोसले र मिडफिल्डर फेडेरिको भल्भर्डेले १-१ गोल गरे। रियलका लागि बेन्जिमाले १७औं मिनेटमा पहिलो गोल गरेका थिए। रामोसले २०औं मिनेटमा अर्काे गोल थपे। २९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा नै रियल ३-० ले अघि बढ्यो। ६१औं मिनेटमा फेडेरिको गोल गरेका हुन्।

    जितपछि बार्सिलोना र रियल मड्रिडको समान १२ खेलबाट २५ अंक पुगेको छ। गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छन्। एक खेल बढी खेलेको रियल सोसिडाड २३ अंकका साथ तेस्रो स्थानमा छ। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…