•  

    काठमाडौं . केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ।

    दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेनरु तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन। काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ।

    हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ। सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ।

    पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धुवाँ, फोहोर जलाइनु, कलकारखाना लगायत काठमाडौंको धुवाँधुलोका मुख्य स्रोत भएको समाचार कान्तिपुर दैनिकमा छ।

    स्वीट्जरल्याण्डका विशेषज्ञहरुको एउटा समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदुषित सहरको सूचीमा काठमाडौं सातौं नम्बरमा परेको छ

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…