• काठमाडौं । सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो।

    विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्।

    विभागकी महानिर्देशक मतिनाजोशी वैद्यका अनुसार चालु आर्थिक वर्षभित्रै ती स्थानमा जनशक्तिसहित प्रयोगशाला राख्ने तयारी छ। त्यसका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइसकिएको विभागले जानकारी दिएको छ।

    चार महिनाअघि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन दिने निर्णय गरेको थियो। त्यसलगत्तै १ साता भारतबाट तरकारी आउन ठप्प भएको थियो। भारतीय दूतावासको दबाबमा सरकारले आयात खुला गर्दै भन्सार नाकामै प्रयोगशाला राख्ने तयारी गरेको हो।

    अहिले देशभर ८ स्थानमा विषादी परीक्षण प्रयोगशाला छन्। काठमाडौंको कलंकी, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्जस्थित रानी तलाउ, अत्तरिया र खाद्य प्रविधिको काठमाडौंमा प्रयोगशाला छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…