• उर्लाबारी पुस १९ । उर्लाबारी ९ स्थित प्रभात निमाबिमा समाजसेवी सुन्दर श्रेष्ठले निर्माण गरिदिनुभएको मञ्च पुश २१ गते शुक्रवार साँस्कृति कार्यक्रम सहित उद्घाटन तथा हस्तान्तरण गरिने भएको छ ।
    श्रेष्ठले आफुले अध्ययन गरेको बिद्यालयलाई बुवा इन्द्र नारायाण श्रेष्ठको स्मृतिमा मञ्च निर्माण गरिदिनुभएको थियो । यसअघि उहाँले बिद्यालय घेराबारामा नगद ५० हजार सहित रंगरोगन तथा बृक्षारोपण गरिदिनुभएको थियो ।
    उर्लाबारीका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिद्यालयलाई सहयोग गर्नुहुने श्रेष्ठ सहित बिभिन्न दाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सोहि अबसरमा सोहि बिद्यालयमा अध्ययन गरी राष्ट्रिय स्तर ख्याति कमाउन सफल गायक डम्बर नेपालीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।
    कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
    कार्यक्रमका लागि रजिन थापा मगरको संयोजकत्वमा स्वयसेवक परिचालन समिति समेत गठन भएको छ ।

    को हुन सुन्दर ?


    घरमा हातमुख जोर्न धौधौ परेपछि ०४९ सालमा किशोर अवस्थामै काठमाडौं हानिएका थिए । खोपीडाँडामा जन्मे हुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका छन् ।

    सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्याला मजदुरी सुरु गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजिङ व्यवसायमा संलग्न छन् । सुन्दर भन्छन्, ‘म अझै आफूलाई एउटा लेबर हुँ भन्न रुचाउँछु ।’

    सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्ने हुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाइमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिएका थिए ।

    उनले सुरुमा आफ्नो कमाइले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपीडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए ।

    ठेक्कापट्टा र हाउजिङ व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशील छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । ‘हाम्रा सन्ततिले हामी भन्दा दुःख नपाउन’ उनी भन्छन् । श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिता पनि खुसी छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…