• पाेखरा - यी कुरा पुरुषले भुलेर पनि भन्न हुँदैन् । चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे–जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य शास्त्रका अनुसार पुरुले गोप्य राख्नुपर्ने चार कुरा यस्ता छन्–

    १. कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुने गर्छन् । जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

    २. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

    ३. चाणक्यले भनेका छन्– जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ, तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्न सक्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।

    ४. चाणक्यले धनको क्षति भयो भने पनि यसबारे कसैलाई भन्न नहुने सुझाएका छन् । धनको क्षतिबारे अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ । मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…