पाेखरा २५ कात्तिक- महिलाकाे शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक–पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ । एक्स पर्टका अनुसार यस्ता अंगमा अतिआवश्यक समयबाहेक पटक–पटक हात लगाउनुहुँदैन :कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन ।
मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली फाट्ने सम्भावना अत्यधिक हुन्छ ।
छाला रोग विशेषज्ञ अदनान नसिरले भनेका छन् कि तपाईंले अनुहार सफा गर्दा वा क्रिम लगाउँदाबाहेक आफ्नो पञ्जालाई अनुहारबाट टाढा राख्नुस् । किनभने, हातलाई जस्तोसुकै ठाउँमा पनि राख्न सकिन्छ, त्यसैले हातमा रोगका जीवाणु सर्छन् । त्यस्तो हातले पटक–पटक अनुहार छुँदा बिरामी हुने र थकान बढ्ने समस्या हुन सक्छ ।पुछ्ने र धुने समयबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन ।
हार्वरब्यु मेडिकल सेन्टरको आफ्टर केयर मेडिकल डाइरेकटर एमडी जेयर्ड डब्लू क्लेनले भनेका छन्, ‘नितम्बमा पटक–पटक छुँदा खराब व्याक्टेरियाका कारण समस्या सिर्जना हुन्छ । यदि नितम्बलाई छुन आवश्यक परेमा पहिले राम्रोसँग हात धुन जरुरी छ ।
आँखमा कसिंगर परेको अवस्था या सफा गर्ने समयबाहेक हात राख्ने गर्नुहुँदैन । आँखामा पटक–पटक छुँदा रोगका जीवाणु प्रवेश गर्छन् । जसले आँखामा इन्फेक्सन हुने खतरा हुन्छ ।
आँखालाई मिच्ने पनि गर्नुहुँदैन ।मुखमा औँला राख्ने बानी पनि गर्नुहुँदैन । एउटा रिसर्चले भनेको छ कि एक घन्टाको समयमा मानिसले औसत २३ दशमलव ६ पटक औँला मुखमा राख्ने गर्छन् । व्यस्त समयमा पनि ६ दशमल ३ पटक मुखमा औँला राख्ने मान्छेको बानी हुन्छ । तर, यसो गर्दा मानिसमा एकतिहाइ रोगको संक्रमण प्रवेश हुने अध्ययनले देखाएको छ ।
हस्पिटल एपिडेमायोलजी जर्नलमा २००६ मा प्रकाशित नाक, कान र घाँटीबारे अध्ययनले नाकमा औँला राख्दा शरीरमा स्टेफाइलोकाक्स ओरस नामक ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ, जुन निकै खतरनाक मानिन्छ ।
जसले शरीरमा कैयौँ इन्फेक्सन गराउँछ ।नङभन्दा तलको छालामा पनि कैयौँ ब्याक्टेरिया हुन्छन् । ब्रिटिस छाला रोग केन्द्रका विशेषज्ञ डेविड डे बर्करले भनेका छन्, ‘नङलाई सधँ छोटो राख्न आवश्यक छ । यसो गर्दा उक्त स्थानमा हुने ब्याक्टेरियाको मात्रालाई घटाउँछ । नङमा भएको फोहोर हटाउन जहिले पनि नेल ब्रसको प्रयोग गर्नुपर्छ ।