• मिक्लाजुङ, पुस २०

    मोरङको मिक्लाजुङ गाउँपालिकामा दीपज्योती युवा क्लब मधुमल्लाको आयोजनामा प्रथम मिक्लाजुङ अन्तर विद्यालय–२०७४ छात्र÷छात्रा फुटबल प्रयियोगिता संचालन हुने भएको छ । मिक्लाजुङ गाउँपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा १० सम्म अध्यन गर्ने विद्याथी हरुलाई समावेस गरी सो प्रयोगिता संचालन गरीने खेल संयोजक नेत्र दाहालले जानकारी दिनु भयो । विद्यालय स्तरका सानो तहमा समेत खेल प्रतिभाहरु हुन्छ र तिनै प्रतीभाहरुलाई निर्खादै खेल प्रतिभाको विकाश गर्ने उदेस्य राखी खेलको आयोजना गरीएको दीपज्योती युवा क्लबका सचिब गोबिन्द बस्नेतले जानकारी दिनु भयो । खेल प्रतियोगिता आगामी माघ ४ गते देखी माघ १६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ६ विद्यालयको सहभागिता रहने खे सचिब दिपक कटुवालले जानकारी दिनु भयो ।

    प्रतियोगितामा प्रथम र द्धीतिय स्थान हाँसील गर्नेले क्रमस नगद १५ हजार, १०  हजार,शिल्ड, मेडल प्रभाण पत्र र मायाको चिनो प्रप्त गर्ने आयोजकले जनाएको छ । साथै उक्त खेल प्रतियोगिताका लागी लाई प्रायोजन गर्न चाहाने व्यक्ती तथा संघ संस्थाहरुले आयोजक संग सम्र्पक राखी प्रायोजन गर्न सक्ने व्यवस्था गरीएको आयोजकले जनाएको छ । दीपज्योति युवा क्लबको आयोजना गत बर्ष प्रथम मधुमल्ला अन्तर विद्यालय फुटबल प्रतियोगिता सभ्य र भव्यरुपमा सम्पन्न भएको आयोजकले दावी गरेको छ । यस बर्षको प्रतियोगिता सो भन्दा अझ स्तरीय बनाउने आयोजको दाबी छ ।


सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…