काठमाडौं ।
केही दिन सामान्य रहेको नेपालको मौसम आज (बुधबार)देखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार नेपालको सुदूरपश्चिबाट पश्चिमी वायु प्रवेश गरेकाले बिहानैदेखि त्यसको प्रभाव सुरु भएको हो।
अहिले पश्चिमी वायुको प्रभाव विशेषगरी सुदूरपश्चिममा परेको र त्यसले त्यस क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली गराएको उनले बताए।
यस्तो छ मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको ३ दिनसम्मको मौसमी अनुमान :
कार्तिक २७ गते (बुधबार)
दिउँसो: देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा आंशिक वदलि रही बाँकि भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।
राति : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कार्तिक २८ गते (बिहिबार)
दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशको पश्चिमी भू-भागमा सामान्य बदली तथा मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कार्तिक २९ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य बदलि रही मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रहने छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ।